मेस्सीको लोकप्रियता : सपिङ गर्दा सेल्फी लिनेको भिड

काठमाडौँ । अमेरिकी व्यावसायिक लिग खेल्न हाल अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकामा छन् । सात पटकका बेलन डीओर अवार्ड विजेता मेस्सीले शनिबार मेजर लिग सकर ९एमएलएस० क्लब इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि सम्झौता पनि गरिसकेका छन् ।

आफ्ना आदर्श फुटबलरलाई प्रत्यक्ष रूपमा भेट्न पाएपछि अमेरिकामा रहेका उनका समर्थकहरू पनि खुसी नहुने कुरै भएन । पहिलो पटक युरोप बाहिरको लिग खेल्न अमेरिका पुगेका उनी अहिले आवश्यक सामान किनमेलमा व्यस्त बनेका छन् । यस क्रममा मियामीस्थित स्थानीय बजारमा किनमेल गर्न जाँदा उनी समर्थकहरूबाट घेरिएका हुन् ।

किनमेलमा व्यस्त रहँदा उनका अन्य थुप्रै समर्थकले तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । पहिलो पटक अमेरिकी लिग खेल्ने तयारीमा रहे पनि अमेरिकामा समेत विश्व फुटबलका यी महान् खेलाडीका लाखौँ समर्थक छन् ।