संसारमा सुरक्षित मानिने हवाई यातायात नेपालमा असुरक्षित देखिएको छ : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हवाई यातायाता दिनप्रतिदनि असुरक्षित बन्दै गएको बताएकी छिन् ।

संसदमा आज उनले भनिन्, ‘संसारमा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ । चालकलाई दोषी देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन ।’ नियामक निकायले चासो नदिएको उनको गुनासो छ ।

नेपालमा पछिल्ला दिनहरूमा हवाई दुर्घटनाका घटनाहरू बढिरहेका छन् । हालै मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो ।