२५ बालबालिकालाई विष खुवाएर मार्न खोज्ने शिक्षिकालाई फाँसी

काठमाडौं । चीनमा २५ बालबालिकालाई विष खुवाएर मार्न खाज्ने एक शिक्षिकालाई मृत्युदण्ड दिइएको छ । हेनान प्रान्तकी वाङ युन नाम गरेकी ३९ वर्षीया महिलालाई चार वर्षअगाडिको घटनामा हालै फाँसी दिइएको हो ।

उनले मेनमेङ प्रि–स्कुल एजुकेसनमा अध्ययनरत साना बालबालिकाहरूको खानामा सोडियम नाइट्रेट लगाइदिएकी थिइन् । आफ्ना सहपाठीसँग झगडा परेपछि उनले बालबालिकाको खाजामा विष लगाएकी थिइन् । जसका कारण सबै बिरामी पर्दा एक जना बच्चाले भने ज्यान गुमाएका थिए । सन् २०२० मा उनलाई जेल सजाय दिइएको थियो भने गत हप्ताको बुधबार मात्र उनलाई फाँसीको सजाय सुनाइएको हो । डेलीमेल