गाउँपालिका उपाध्यक्ष तामाङको निधन

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएको छ ।

५५ वर्षीय तामाङको गंगालाल हृदय केन्द्रमा आइतबार निधन भएको हो ।

नेपाली कांग्रेसका नेतासमेत रहेका तामाङ गत वर्षको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको उम्मेदवार भई उपाध्यक्ष निर्वाचित भएका थिए ।