सय किलो गाजासहित एक पक्राउ

काठमाडौं । ठूलो परिणामको लागू औषध गाजासहित मकवानपुर प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । प्रहरीले एक सय किलो ६०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

हेटौंडा ४ कर्रा स्थित सडकमा विशेष सुचनाको आधारमा प्रहरीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पिकअपका चालक गोरखा पालुङटार नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दुर्गा दर्जी रहेका छन् ।