नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ।

गत शुक्रवारदेखि सुरुदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजबाट पुनः सुरु हुन लागेको हो । सो बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । बैठक अहिले १० बजेबाट सुरु हुँदैछ ।

अब केही बेरमा सुरु हुन लागेको सो बैठक कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।