सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी हीनताबाट ग्रसित छन् : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी हीनताबाट ग्रसित भएको बताएछन्

नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले भने एअर फोर्स खडा गर्नु पर्ने नयाँ सुझाव दिएका हुन ।

उनले भनेका छन्- ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी हीनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ । शान्ति सेना, राष्ट्र निर्माण र विपद् न्यूनीकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ ।’