पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

काठमाडौं । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो ।

पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रवार बसेको बैठकले पृथ्वी चोकको सडक छेउको पार्किङ हटाउने गरे अनुसार आज देखी पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो ।

उनका अनुसार बसपार्क भित्र भोलिबाट कम्तीमा १ सय ५० सवारी साधन पार्किङ गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।