आज घट्यो शेयर बजार

काठमाण्डौ । हिजो आइतवार ६३ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ५० विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जीको शेयर साढे छ प्रतिशतले घटेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । दुई करोड नौ लाख ७९ हजार कित्ता शेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।