महिला विश्वकप फुटबल : आज यी तीन वटा खेल हुँदै

काठमाण्डौ । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज स्वीडेन र इटाली, फ्रान्स र ब्राजिल तथा पनामा र जमैका खेल्दैछन् ।

आज हुने पहिलो खेलमा दिउँसो सवा १ बजे समूह ‘जी’ का स्वीडेन र इटालीबिच खेल हुनेछ । त्यस्तै समूह ‘एफ’ का फ्रान्स र ब्राजिल दिउँसो पौने ४ बजे खेल्नेछन् । आजको अर्को खेलमा बेलुका सवा ६ बजे समूह ‘एफ’ कै पनामा र जमैकाबीच खेल हुनेछ ।

हिजो भएका खेलमा इंग्ल्याण्ड र चीन विजयी भएका छन् । अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।