आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोकार ?

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० रुपैयाँ छ । यस्तै चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।

मंगलबार एक लाख १३ हजार रुपैयाँ सुन र एक हजार ४७५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।