एमालेले फेरि संसद् अवरोध गर्‍यो

फाईल तस्बिर

काठमाडौं । नेकपा एमालेले फेरि सदन अवरोध गरेको छ । सुन प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको हो ।

गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौँलाले उठेको बिषयभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताए । ‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तु भन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो’ उनले भने ।