काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरूलाई अब पार्टीले ठेगान लगाउने अभियान चलाउनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरूलाई अब ठेगान लगाउने अभियान रोक्न पार्टीभित्रबाटै अभियान चलाउनुपर्ने बताएका छन् ।

काठमाडौंको नयाँबानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बनाउनुपर्ने बताए।

उनले ०४६ अघिको जस्तै पार्टी बनाउन सके कांग्रेसलाई कसैले च्यालेन्ज दिन नसक्न उनको बुझाइ छ। पार्टीका सबै तह र संरचनामा विधि, पद्धति र नियमबाट चलाउनुपर्नेमा उनको जोड छ।

उनले भने, ‘पार्टीभित्र सुविधा भोगी गतिविधि अब रोक्नुपर्छ। काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरूलाई अब ठेगान लगाउने अभियान रोक्न पार्टीभित्रबाटै अभियान चलाउनुपर्छ।’