इटलीमा गर्मीले गर्यो नयाँ रेकर्ड कायम, तापक्रम ४० डिग्री सेल्सियस पुग्ने चेतावनी

काठमाडौं । इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो । इटालीमा दुई वर्षयता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ ।

गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो । आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्याधिक गर्मी हुने बताइएको छ ।

साथै सोमवारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो । देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुन महिना यता यो ते्रो पटक यति धेरै तापक्रम बढेको हो ।

इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले सोमवार यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको थियो । सन् २०२२ मा भने यो भन्दा धेरै गर्मीको लहरहरु चलेको थियो । तर यस वर्षका गर्मीका लहरहरु छोटो समयका लागि मात्रै छन् ।

गत जुलाइ महिनामा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो ।