कोशीमा गठबन्धनले संविधानको ठाडो उल्लंघन गरेर निर्घात आक्रमण गर्‍यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशीमा सत्ता गठबन्धनले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको बताए ।

उनले भने, ‘केही दिनअगाडि सभामुखलाई हस्ताक्षर गरेर सरकार बनाउने कामलाई अदालतले असंवैधानिक भन्यो । फेरि अहिले सभाध्यक्षमा बसेको व्यक्तिले निर्णायक भयो भनेमात्रै मत दिने हो । आफै सभामुखको कुर्सिमा बसेर आफैं मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो ।’

उनले आफैँले बनाएको संविधान रक्षा गर्ने र अगाडि बढाउने दायित्व नभूल्न आग्रह गरे । कोशीको घटना नेपालको इतिहासमा निन्दनीय भएको उनको टिप्पणि थियो ।