सुन तस्करी प्रकरण : माओवादी नेता कृष्णबहादुर महराका छोरा पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले महरलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महरालाई पक्राउ गरिएको सिआईबी स्रोतले जानकारी दियो। चिनियाँ व्यापारी दावासँग पटक-पटक सम्पर्कमा रहेका सार्वजनिक भए पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन। जसका कारण सरकारको चर्को आलोचना हुँदै आएको थियो।