भ्रष्टाचार गरेको आरोपमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका इकाइ प्रमुखसहित ७ जनाले पाए सफाइ

काठमाडौं । क्षेत्रीय अनुसन्धान केन्द्र, तरहराका बंगुर इकाई प्रमुखसहित ७ जनाले विशेष अदालतबाट सफाई पाएका छन् ।

बंगुर बिक्री गर्दा कम तौल देखाएर भ्रष्टाचार गरेको आरोपमा बंगुर अनुसन्धान इकाइ प्रमुख रामदेव पण्डितसहित ७ जनाविरुद्ध २०७८ चैत २९ गते विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

तत्कालीन प्रमुख पन्डितसहित हरिकृष्ण श्रेष्ठ, शकुन्तला राई, प्रकाशकुमार यादब, तिलक राजवंशी, कृष्णप्रसाद पोखरेल र सोभितलाल यादब गरी सबै ७ जनाले विषेश अदालतबाट सफाई पाएका हुन् ।

रकम हिनामिनाको आरोपबाट उनिहरुलाई आइतबार यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सफाई दिएको हो । उनीहरुविरुद्ध बढीमा ७ लाख रुपैयाँसम्म बिगो माग गरिएको थियो ।