बाढीले बेलिब्रिज बगाएपछि तुइनबाट तारिंदै गाडी

तस्वीर : सुवास छेत्रीको फेसबूकबाट

काठमाडौं । गत भदौ ८ गते आएको बाढीले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-८ र सोताङ गाउँपालिका-१ को बीचमा पर्ने दिप्लीघाटमा अवस्थित दूधकोशी नदीमाथिको बेलिब्रिज बगाएको थियो।

अहिले तुइन जडान गरेर सोताङ गाउँपालिकामा फसेका जीपलाई तार्न शुरू गरिएको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले बताए। यातायात व्यवसायी एवं चालकको अनुरोधमा थुलुङ दूधकोशी गाउँपालिकाले लठ्ठा र प्राविधिक ल्याएर दिप्लीघाटमा तुइन जडान गरेको हो।

बेलिब्रिज बगाउँदा थुलुङ दूधकोशी गाउँपालिकाकाका व्यवसायीका करीब ४० वटा जीप सोताङ गाउँपालिकामा अड्किएकामा आइतबार तुइनबाट एउटा जीप तारिएको छ।

थुलुङ दूधकोशी गाउँपालिकाबासी दिप्लीघाट तरेर तराई तथा शहरबजारतर्फ आवतजावत गर्छन्।