सुन तस्करी प्रकरण : सीआईबीले लियो सहसचिव अधिकारीसँग बयान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।

सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

अधिकारीसँग केन्द्रिय अनुसन्धान विभागमा बोलाएर बयान लिइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । अधिकारीले दावासँग सामाजिक सञ्जाल (ह्वाट्सएप) मा कुरा गरेको भेटिएको छ ।

ब्युरोले सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो । सुन प्रकरणमा हालसम्म २६ जना पक्राउ परेका छन् ।