रंगशाला बनाउनै नसकिने होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताएका छन् ।

एसिया कप हेरेर फर्किएका लामिछानेले क्रिकेटमा देखेको सपना पूरा भएकाले आफ्नो तर्फबाट सबै भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन् । हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।’