पानीको ड्रम र नहरमा डुबेर २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको राम धुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

उनी घर नजिकै रहेको नहरमा डुबेका थिए । उनलाई तत्काल उद्धार गरी उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पु¥याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

यसै गरी सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा पानीको ड्रममा डुबेर मृत्यु भएको छ ।

ज्येष्ठ नागरिकका मन्दिरमा पुजारीको रुपमा कार्यरत भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ड्रममा डुबेर मृत्यु भएको घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।