आज १९ अंक घट्यो सेयर बजार

काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन कुल १ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब १३ करोड रुपैयाँमा खुम्चियो ।

३३ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ४ को स्थिर रहृयो । सबैजसो उपसमूहका सूचक घटेका छन् । बैंकिङ ५, विकास बैंक ५४, फाइनान्स ३२, होटल तथा पर्यटन ११०, जलविद्युत् ३१, जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा १४९, अन्य ३ र ब्यापार उपसमूह २४ अंक घटे ।
शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको ७, अपर स्याङ्जेको ६ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपारको १० प्रतिशत मूल्य घट्दा सुपर मादीको ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक, शिवम् सिमेन्ट, एभरेस्ट बैंक, आईएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहे ।