नेकपा एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य थपिए (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा २१ जना थपिएका छन् ।

सो पार्टीको भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।

थपिएका केन्द्रीय सदस्यहरुमा हेटौँडा उपमहानगरकी मेयर मीना लामा, अनेरास्ववियूबाट भर्खरै बिदा भएका सुदेश पराजुलीलगायत छन् ।

यी हुन् थपिएका केन्द्रीय सदस्य :

१. अजबहादुर मल्ल — बाजुरा

२. ओमचरण अमात्य — भक्ततपुर

३. गौतम राई — काठमाडौँ

४. गोविन्द चेपाङ —मकवानपुर

५. चन्द्रा श्रेष्ठ — झापा

६. चिरञ्जीवी भट्टराई —सुनसरी

७. जयप्रकाश यादव — बारा

८. दिपक केसी — काठमाडौं

९. धनबहादुर कार्की — दोलखा

१०. धर्म शाही — मुगु

११. नन्द बञ्जाडे — काठमाडौं

१२. बरुनाथ योगी — दैलेख

१३. बैकुण्ठ भुसाल —पर्बत

१४. भक्तिमान सुब्बा— पाँचथर

१५. मिना लामा —मकवानपुर

१६. रामप्रसाद ढुंगाना — काठमाडौं

१७. लंक हमाल — कपिलवस्तु

१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व

१९. शिवकुमारी खनाल— काठमाडौं

२०. शैलेन्द्र उपाध्याय— रूपन्देही

२१. सुदेश पराजुली — काठमाडौं