मुम्बई विमानस्थलबाट २ किलो सुन बरामद

काठमाडौं । भारतको मुम्बई विमानस्थलमा १ करोडभन्दा बढी मूल्यको २ किलो सुनको धुलो बरामद भएको भएको छ ।

सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।

हमुम्बई भन्सार अधिकारीका अनुसार एक दम्पतीले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो ।

बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपरान्ह उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

यसअघि केरलाको कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो ।

बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।