सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसँग सामान्य प्रशासन मन्त्रीको छलफल

काठमाडौं । प्रशासन क्षेत्र सुधारबारे छलफल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरुलाई मन्त्रालयमा बोलाएको छ ।

अहिले मन्त्रालयको हलमा सामान्य प्रशासन मन्त्री अनिता देवी समेतको उपस्थितिमा छलफल चलिरहेको छ । छलफल पछि प्रशासन सुधारका लागि मन्त्री देवीले निर्देशन दिने कार्यक्रम छ ।

अनिता देवी मन्त्री बनेपछि सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरुसँग पहिलोपटक छलफल गरिएको उनको सचिवालयले जनाएको छ ।

छलफलमा सबै मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका प्रशासन महाशाखाका प्रमुखहरूको उपस्थिति छ ।