चोरी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीले पोखराबाट नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित तीन जनालाई पक्राउ गरेको हो ।

सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसीसी रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।