रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दल बैठक

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार (भोलि) संसदीय दलको बैठक बोलाएको छ।

बुधबार अपराह्न ४ बजे पार्टी कार्यालयमा बैठक बोलाएको पार्टीका महामन्त्री मुकुल ढकालले बताए।

‘भोलि दुई वटा विषयमा छलफल गर्न संयुक्त दलको बैठक बोलाइएको छ। राष्ट्रपतिले गम्भीर प्रकृतिको फौजदारी अपराधमा सजाय काटिरहेका व्यक्तिलाई दिएको माफी र जनआवाज सुन्ने कार्यक्रमको समीक्षाका लागि बैठक बोलाइएको हो,’ उनले भने।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिएका थिए।

त्यसबारे छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने प्रवक्ता ढकालले बताए।

रास्वपाले असोज ३ गतेदेखि जनआजाव सुन्न र दस्तावेजमा समेट्न केन्द्रीय सदस्य, सांसदहरूलाई १९ जिल्ला खटाएको थियो। भोलि त्यसको समीक्षा गरिने उनले बताए।