प्रहरी हवल्दारलाई ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । बैतडीमा सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गएराति २ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको थियो।

घर जाँदै गरेका उनलाई खोड्पेमा बसले ठक्कर दिएर भागेको थियो।

सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

बस चालक कञ्चनपुरको पुनर्वास नगरपालिका–१ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।