इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल लगाएत भीभीआईपीहरु हिँडेरै बसन्तपुर जाँदै

काठमाडौं । इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरु हिडेरै बसन्तपुर पुग्ने भएका छन् ।काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरेपछि भीभीआईपीहरु हिँडेरै बसन्तपुर जान लागेका हुन् ।

महानगरलेअसारदेखि महिनाअघि सम्पदा क्षेत्रमा सवारीसाधन चल्न रोक लगाएको छ । यसअघि इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरेको थियो । यसपटक भीआईपीहरुलाई न्युरोडको जुद्धशम्शेरको शालिकदेखि गद्दी बैठकसम्म हिँडेरै इन्द्रजात्राको अवलोकन गर्न लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल पनि जुद्धशमशेरको शालिकदेखि हिँडेरै जाने बताइएको छ । इन्द्रजात्रा अवलोकन गर्नको लागि राष्ट्रपति, काठमाडौं महानगरका मेयर उपमेयर गद्दीमा पुग्नेछन् । महानगरले आमन्त्रण गरेका पाहुनाहरु समेत जानेछन् ।