टर्कीमा भएको विस्फोटमा परी दुईजनाको मृत्यु, चार घाइते

काठमाडौं । टर्कीको ठूलो सहर इस्तानबुलमा भएको विस्फोटमा परी दुईजनाको मृत्यु भएको छ । घटनामा अन्य चारजना घाइते भएका छन् ।

इस्तानाबुल गभर्नरको कार्यालयले विस्फोट बहसेलिभर जिल्लाको एक भवनमा प्राकृतिक ग्याँस कम्प्रेसनका कारण भएको थियो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि आगो लाग्नबाट रोक्न विभिन्न अग्नि नियन्त्रकहरूको परिचालन गरिएको थियो भने आसपासका क्षेत्र खाली गराइएको थियो ।