आन्दोलनरत डाक्टरहरू गौशाला प्रहरी चौकी घेर्न गएपछि…

काठमाडौं । आन्दोलनरत डाक्टरहरू काठमाडौंको गौशालास्थित चौकी घेर्न गएका छन्।

सिनामंगलस्थित केएमसी अस्पतालका एक जना डाक्टरमाथि आइतबार कुटपिट भएपछि अस्पतालमा कार्यरत डाक्टरहरू आन्दोलनमा छन्।

आइतबार दिउँसो ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका थिए। डाक्टरहरूले कार्यस्थल सुरक्षाको माग गरिरहेका छन्।

ओपिडी अगाडि भीड भएपछि डा. खड्काले उनलाई लाइनमा बस्न भनेका थिए। त्यसपछि बिरामी लिएर आएका व्यक्तिले खड्कामाथि कुटपिट गरेका थिए।

प्रहरीले डाक्टरमाथि कुटपिटमा संलग्न रहेको आरोपमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई नियन्त्रणमा लिइसकेको छ।