एसियन खेलकुद : केहिबेरमा नेपाल र भारत भिड्दै, कस्ले मार्ला बाजी ?

काठमाडौँ । नेपालले चीनमा जारी १९औं एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइलमा आज भारतको सामना गर्दै छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुने यो खेल आज विहान नेपाली समय अनुसार ६ : ४५ बजेदेखि शुरु हुने छ ।

सोमबार लक्की ड्र बाट नेपालले क्वाटरफाइनलमा भारत प्रतिद्वन्दी पाएको हो ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई रेकर्ड २७३ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

एशियान गेम्सका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टिम रहेको छ । टिममा रोहित पौडेल (कप्तान), करण केसी, प्रतिष जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, बिनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, बिबेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने रहेका छन् ।

खेल्ने भारतीय टिममा भारतका चर्चित खेलाडीहरु रहेका छन् । एशियन गेम्समा भारतीय टिमको कप्तानी रुतुराज गायकवाडले गर्दैछन् । सिधै क्वाटरफाइनलमा छनौट भएको भारतले मंगलबार नेपालविरुद्ध पहिलो खेल खेल्दै छ ।

रुतुराजको कप्तानीमा रहेको भारतीय टिममा शिभम माभी, यशश्वी जैसवाल, मुकेश कुमार, शिभम दुवे, जितेश शर्मा, प्रभसिमरन सिंह, राहुल त्रिपाठी, शहबाज अहमद, अर्शदीप सिंह, तिलक बर्मा, अभेश खान, रिंकु सिंह वाशिंटन सुन्दर र रवी विश्नोई रहेका छन् ।

एशियन गेम्समा भारतीय टिमको मुख्य प्रशिक्षक पूर्व खेलाडी भीभीएस लक्ष्मण रहेका छन् ।

अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका हुन । जसमा अफगानिस्तान समुह चरण नखेली क्वाटरफाइनलमा गएको हो । त्यसैगरी क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले भने सोझै स्थान पाएका थिए ।

अब त्यस्तै क्वाटरफाइनलमा पाकिस्तान र हङकङ खेल्ने भएका छन् भने श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया खेल्ने भएका छन् । आजै पाकिस्तान र हङकङबीच अर्को क्वाटरफाइनल खेल हुने छन् भने अन्य दुई क्वाटरफाइनलका खेलहरु बुधबार हुने छन् । त्यस्तै सेमिफाइनल अक्टोबर ६ मा हुनेछ भने फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।