प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ यमनी जनता राजधानीको सडकमा

काठमाडौं । गाजाको एक अस्पतालमा बम बिस्फोट भएपछि प्यालेस्टाइनलाई समर्थन जनाउन हजारौँ यमनीहरूले प्रदर्शन गरेका छन्।
गाजा पट्टीमा भएको हिंसाको बिरोधमा आफूहरू सडकमा उत्रिएको उनीहरूको भनाइ छ। उनीहरले क्रुरता रोक्दै युद्ध बिराम गर्न आह्वान गरेका छन्।

प्यालेस्टाइनको एन्क्लेभमा रहेको अल अहली अरबी ब्याप्टिस्ट अस्पतालमा मंगलबारकै भएको हवाइ हमलामा सयौँ व्यक्तिको ज्यान गएको थियो। एजेन्सी