यूएईविरुद्ध नेपालको रोमाञ्चक जित, ब्याटिङमा चम्किए आसिफ, रोहित र दिपेन्द्र

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

यूएईले दिएको १६५ रनको कठिन लक्ष्य नेपालले ४ बल र ५ विकेट बाँकी छँदा हासिल गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो ।

जवाफी ब्याटिङमा नेपालले निकै खराब सुरुवात गर्यो । ११ रनमा ३ विकेट गुमाउँदा नेपालले आज प्रतियोगितामा पहिलो हार चाख्ने चिन्ता मडारिएको थियो । तर ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल र फिनिसर दिपेन्द्र सिंह ऐरीले नेपाललाई मिठो जित दिलाए ।