यू १९ प्रिमियर कप : यूएईविरुद्ध देव खनालको शानदार शतक

काठमाडौं । यू १९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शानदार शतक बनाएका छन् ।

९० बल खेल्दै ३ छक्का र ९ चौकाको मद्दतमा खनालले आफ्नो शतक पूरा गरे ।

कप्तान खनालको प्रतियोगितामा यो दोस्रो सतक हो भने उमेर समूहमा तेस्रो शतक हो । १४ रनमा दुई विकेट गुमाउँदै खराब सुरुवात गरेको नेपाललाई खनालको सतकीय इनिङले बलियो स्थितिमा पुर्‍याएको छ । ओपनर अर्जुन कुमालसँग उनको शतकीय साझेदारी भएको थियो । अर्जुन ७८ बलमा ५५ रन बनाएर आउट भए ।

यो समाचार लेख्दासम्म नेपाल ३५ ओभरमा ३ विकेट गुमाउँदै १८३ रन बनाएर खेलिरहेको छ । खनाललाई विकेटकिपर ब्याट्सम्यान उत्तम मगरले साथ दिएका छन् । उत्तम १३ रन बनाएर खेलिरहेका छन् ।