स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षा माग २० देखि सुरु, मङ्सिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन भर्नुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा आगामी माघ २० देखि सुरु गर्ने भएको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झाले स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार एमडी, एमएस र एमएसी नर्सिङ, एमएसी मिडवाइफ्री नर्सिङ र एमडी आयुर्वेदाको परीक्षा माघ २० गते सम्पन्न हुने छ ।

यसै गरी जनस्वास्थ्य स्नातकोत्तर तह र एमफिल एन्ड क्लिनिकल फिजियोलोजीको प्रवेश परीक्षा माघ २१ गते सम्पन्न हुने छ भने स्नातकोत्तर डेन्टल सर्जरी तह, स्नातकोत्तर फार्मेसी, एमएसी बायोकेमेस्ट्री र स्नातकोत्तर फिजियोथेरापी तहको परीक्षा मङ्सिर २२ गते हुने भएको छ । डा। झाले आयोगले लिने प्रवेश परीक्षाका लागि मङ्सिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन दिनुपर्ने बताउनुभयो ।