चार सदस्य थपिएसँगै कांग्रेसको केन्द्रीय समितिले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकमा रहेको समितिलाई सभापति शेरबहादुर देउवाले आज (सोमबार) पूर्णता दिएका हुन् ।

सभापति देउवाले समितिमा चार सदस्य थप गरेका छन् । धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा। डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनित गरिएको हो।

कांग्रेस नेता दीपकुमार उपाध्याय लेखा समितिको संयोजक हुँदा ढुङ्गाना सदस्य थिए । रजिष्टर्ड अडिटर ढुङ्गाना कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाका भाइ हुन् । बस्याल अर्थशास्त्रको प्राध्यापक हुन् ।

लेखा समितिमा मनोनित अर्का सदस्य नेपाल चाटर्ड एकाउन्टेन्ट हुन् । संयोजक घिमिरेको जिल्लावासी कार्की रजिष्टर्ड अडिटर हुन् ।

सभापति देउवाले आफूले सिफारिस गरेका नामका आधारमा सदस्यहरु थपिएको संयोजक घिमिरेले बताए । पार्टीभित्रका समूह नहेरी विज्ञताका आधारमा लेखा समितिका सदस्य थपिएको उहाँले बताउनुभयो ।

ताजा अपडेट