बर्दियामा आगलागि हुँदा तीन जना बालबालिका सहित चार जनाको मृत्यु , एक जना घाइते

काठमाडौं । शुक्रबार राति करिब १० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका वडा न। ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा करिब १८ महिनाका कार्तिक चन्द, ७ बर्षिय क्रिस चन्द, १० बर्षिय मानसिङ बुढा ३२ बर्षिय राधा बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

राति करिव १० बजे आगलागी भएको खबर स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको प्रहरीले जनाएको छ । आगलागीको घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।