राष्ट्रियसभा निर्वाचन : १ः३० सम्म ९५ प्रतिशत मतदान

काठमाडौँ  ।  ११ माघ राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा जारी मतदानमा अपराह्न १ः३० बजेसम्म ९५ प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १ः३० बजेसम्ममा शान्तिपूर्ण र उल्लासमय वातावरणमा अधिकांश प्रदेशमा ९५ प्रतिशतभन्दा बढी मत खसिसकेको जनाए । उनले दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण भएकाले उक्त समयसम्म मतपेटिका मतदान केन्द्रमै रहने जानकारी र्दिए । उनले मतदान सकिएलगत्तै आजै गणना भई साँझ आठ बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको बताए ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । हाल कायम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।