नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी पल्टियो

नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी पल्टिए पनि मानवीय क्षति हुनबाट जोगिएको छ।

दैलेखमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटनका लागि जाँदै गर्दा महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजारनजिक पल्टिएको हो। गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको केन्द्रीय सदस्य रिजालले जानकारी दिए।

दुर्घटनाबाट महासचिव पोखरेललाई सामान्य चोटपटक मात्रै लागेको एमाले कार्यालय सचिव भीष्म अधिकारीले बताएका छन्।

‘महासचिव शंकर पोखरेल चढ्नुभएको गाडी सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटना भएको हो। अहिले ट्रमा सेन्टरमा गइ उहाँको जाँच गर्दा सामान्य चोटपटक मात्र देखिएको छ,’ उनले जानकारी दिएका छन्।

दैलेखका प्रहरी प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले दुर्घटना महासचिव पोखरेल सकुशल रहेको र गाडी शनिबार नै सडकबाट उठाएर ग्यारेजमा बनाउन लगिएको जानकारी दिए।