फेसवुक कम्पनी मेटाका प्रवक्ता एण्डी स्टोनले भने केही समय धेर्यै गर्नुस

काठमाडौँ । सामाजिक सञ्जाल फेसवुक एकाएक डाउन भएपनि फेसवुक कम्पनी मेटाका प्रवक्ता एण्डी स्टानेले केही समय धेर्य गर्न आग्रह गरेका छन् । विश्वभर चर्चामा रहेको र सूचना प्रवाहका लागि महत्वपूर्ण वनेको फेसबुक पेज मंगलबार राती ९ बजेबाट चल्न छाडेको छ । सामाजिक स१जला फेसवुक पेज र म्यासेन्सर चल्न छाडेपछि ट्वीट मार्फत सन्देश दिने काम भईरहेको छ । प्रयोगकर्ताहरुको फेसवुक लगइन आफै कट भएको छ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।

विश्वभर रहेका आफ्ना फेसवुक प्रयोगकर्ताहरुले समस्या खेप्नु परेपछि फेसवुक कम्पनी मेटाका प्रवक्ता एण्डी स्टोनले एक्स सोसल मिडिया मार्फत आफनो सेवा पहुँचमा समस्या भईरहको र समस्या समाधान गर्न आफूहरु लागिरहेको जानकारी दिएका छन् । तर के कारणले फेसवुकमा समस्या आएको हो भन्ने बारे उनले केही खुलाएका छैनन ।