नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक छ : संस्कृतिमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए ।

मन्त्री पाण्डेले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताउँदै मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको समेत बताएका छन् ।

मन्त्री पाण्डेले सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताउनुभयो । भाषाहरुको संरक्षण, संवद्र्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताउनुभयो । उहाँले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।