नक्कली नोट सहित २ जना पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिका १ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर(२ बस्ने ३५ वर्षीय साबिर अंसारी र भारत सितामढी ग्राम पठनपुर १४ बस्ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् ।

 

बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नोट सहित फेला पारी पक्राउ गेको हो ।

साथै उनीहरुको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

ताजा अपडेट