पूर्वसभामुख ढुङ्गानाको निधनमा राष्ट्रिय शोक, प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङानाको ८३ वर्षको उमेरमा आईतबार निधन भएको छ । ढुङ्गानाको निधनमा सोमबार विहान बसेको मन्त्रीपरिषद्को वैठकले सोमबार नै सार्वजनिक विदा दिँदै राष्ट्रिय शोक मनाउन निर्णय गरेको थियो । निधन भएका ढुङ्गानाको पार्थिक शरीरलाई ज्ञानेश्वरस्थित सानो गौचरनमा श्रद्धाञ्जालीका लागि राखिएको थियो । ढुङ्गानाको पार्थिक शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए । “नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उनले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता भएको ओलीको भनाई थियो ।
यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छ । त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेलेको स्मरण गर्दै उनको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताए । उनको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवा भनाई छ ।

दिवङ्गत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा.बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।
यसैगरी, गृहमन्त्री रमेश लेखक, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गरे ।