काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही चैत ४ गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल हुने सचिव अधिकारीले जानकारी दिए। एमालेले हालैका राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै रणनीति तय गर्न बैठक बोलाएको बुझिएको छ।
Add Comment