सहकारी ठगदेखि किसान ठगी गर्ने पूर्व पत्रकार पनि राश्वपाको वन्द सूचिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको वन्द सूचिमा सहकारी ठगदेखि किसानलाई ठगी गर्नेसम्म परेका छन् । यसले राष्ट्रिय स्वतन्त्र पार्टी कुन गति तर्फ अगाडि बढिरहेको छ भन्ने कुरालाई पनि पुष्टि गर्दछ । रवि लामिछाने, बालेन, कुलमान जस्ता व्यक्ति समावेश भएको सो पार्टीलाई नागरिकले हेर्ने दृष्टिकोण सकारात्मक र वैकल्पिक शक्तिको उदय भन्ने हुँदा हुँदै पनि समानुपातिकको वन्द सूचिमा परेका व्यक्ति देखेर रावश्वपाका कार्यकर्ता नै अचम्ममा परेका छन् ।

राश्वपाले वन्द सूचिमा राखेको जनजाती तर्फको सुनिता न्हुमाफुकी स्याङ्जाका किसानहरुलाई सुन्तला भण्डारका लागि प्रदेश सरकारको अनुदानमा गुणस्तरहीन कोल्ड च्याम्वर विक्री गरेर किसानहरुलाई अपलपत्र पारेकी व्यक्ति हुन् । कुनै बेला कृषि पत्रकारिता गर्दै आएकी उनले त्यसैलाई बाटो बनाएर अहिले कृषि मेशिनरी संघको उपाध्यक्ष हुँदै त्यहीबाट नेपाल चेम्वर र उद्योग बाणिज्य महासंघको कृषि समितिमा समेत पुगेकी छिन् ।

राश्वपाको वन्द सूचिमा पठाएका शक्ति र पदमा बसिरहने यस्तै व्यक्तिका लागि समानुपातिक प्रणाली बनाएको हो वा सिमान्तकृत र पहुँचमा नपुग्ने व्यक्तिका लागि हो राश्वपा भित्रै प्रश्न उठ्न थालेको छ ।