देशको अर्थतन्त्र नसुध्रिएसम्म सरकारी खर्चमा विदेश नजाने शिक्षामन्त्रीको उद्घोष

काठमाडौं । सरकारमा यस्ता मन्त्री पनि छन् कोही विदेश जान नपाएर मर्न खोज्छन् । कोही विदेश जान परे नै आत्तिन्छन् । पछिल्लो सुशीला कार्की नेतृत्वको सरकारका जेनजी मन्त्रीले सरकारी खर्चमा अमेरिका घुम्ने रहर गरेको भन्दै विवादमा परेका बेला अर्का भाइरल मन्त्रीले भने तीनवटा विदेश भ्रमण रध्द गरेको बताएका छन् ।

मन्त्रालयमा ढिंडो पकाएर खाएको फोटो सामाजिक सञ्जालमा भाइरल गराएर चर्चा बटुलिरहेका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अहिलेसम्म तीन वटा भ्रमण स्वीकार नगरेको जानकारी दिएका हुन् । थप दुई वटा निम्तो आएकोमा त्यसलाई पनि अस्वीकार गर्ने उनले बताए ।

देशको अर्थतन्त्र नसुध्रिएसम्म सरकारी खर्चमा भ्रमण नगर्ने घोषणा गरेका पुनले विदेश घुमेर देशको अर्थतन्त्र सुधार हुन्छ रु भन्दै प्रश्नसमेत सोधेका छन् ।
‘लौ जा,म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्नु, सामाजिक सञ्जाल फेसबुकमा निम्तो पत्र सार्वजनिक गर्दै उनले लेखेका छन्, ुदेशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन,किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ र ?

मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर विदेश भ्रमण नगरेको पुनले दावी गरिरहँदा उनकै क्याबिनेटका अर्का मन्त्री बब्लु गुप्ता भने विदेश भ्रमणकै कुराले विवादमा तानिएका छन् । जेनजी सरकारका एक मात्र जेनजी मन्त्री उनी अमेरिकाको टेक्सस राज्यको डालस शहरमा जनवरी १६ मा हुने ‘रुल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ द नेपाल पोस्ट जेन–जी रिभोलुसनु विषयक सम्मेलनमा जाने तयारी थियो । क्याबिनेटले भ्रमण स्वीकृत पनि गरिसकेको थियो ।