जनकपुरधाम । दिउँसो दमदार भाषण गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्धय रवि लामिछाने र बालेन साह बसको होटल बाहिर साँझ कार्यकर्ताहरुले धर्ना दिएपछि तमासा भएको छ । दमदार भाषण गरेर सामाजिक सञ्जालमा भाईरल भईरहेको पार्टीका नेताद्धय बसेको होटलमा कार्यकर्ताहरुले आगामी निर्वाचनका लागि भएको टिकक वितरणमा चलखेल भएको भन्दै जनकपुरमा नेता कार्यकर्ताहरूले विरोध गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर नेता कार्यकर्ताहरू पुगेर अहिले विरोध गरिरहेका हुन् । लामिछाने र शाह सोही होटलमा बसिरहेका छन् । उनीहरूले विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारलाई सोही होटलमा बसेर टिकट वितरण गरिरहेका हुन् ।
बालेनले पनि सोही होटलमा आजै सभापति लामिछानेसँग टिकट लिएका थिए । रवि, बालेन लगायतका नेताहरू हिजो नै जनकपुर पुगेका थिए । उनीहरू आजै जनकपुरमा आयोजित सभामा भाग लिएका थिए ।
जान्नेलाई छान्ने, भाषण गर्नेलाई होइन काम गर्नेलाई मत हाल्ने भन्दै भाषण दिएका रास्वपाका नेताले टिकट वितरणमा चलखेल गरेको निहुँमा आफ्न कार्यकर्ताहरुले होटल घेरा हालेपनि बालेन रवि एकै ठाउँमा हुँदा पहिलो गाँसमा नै ढुङ्गा भन्न थालिएको छ ।


Add Comment