कांग्रेसकाे भागमा डढेकाे मकै ?

काठमाडाैं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । उनीहरूको केहीबेरमै भेटवार्ता हुन लागेको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले  जानकारी दिएका छन् । भेट हुने ठाउँकाे बारेमा भने टुङ्गो लागेको छैन ।

 

माधव नेपाल पक्षले आफ्ना माग पूरा भए राजिनामा दिने छैन ।  हिजाेबाट साे समूह संसदबाट नै  राजिनामा दिने मनस्थितिमा पुगेकाे थियाे ।  राजिनामा दिएकाे खण्डमा कांग्रेसकाे पक्षमा खीर पाक्ने पक्कापक्की छ । यदि साे समूह  ओलीकाे खीरमा भुलेकाे खण्डमा कांग्रेसकाे भागमा डढेकाे मकै पर्नेछ । विगत केही मिहनादेखि चलिरहेकाे एमालेभित्रकाे रस्साकस्सी डेडलाइनमा मिल्छ भनेर साेच्न पनि गाह्रै छ । नेपाली राजनीतिमा जहिले जे पनि हुन सक्ने भएकाेले रस्साकस्सी साम्य हुन नसक्ने पनि हाेइन ।