समानान्तर कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्ने महानगर प्रहरीको चेतावनी

काठमाडौं । ठूला ठूला सरकारी भवन निर्माणमा अनकौ तिकडमका साथ एक छत्र राज गर्दै आईरहेको समानान्तर कन्स्ट्रक्सन कम्पनीलाई महानगरप्रहरीले कार्वाही गर्ने चेतावनी दिएको छ । समानान्तर कन्स्ट्रक्सनले सिंहदरबा परिसर भित्र सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का पाएको छ ।

तर भवन निर्माणका लागि ‘अण्डर ग्राउण्ड’ निर्माणका लागि भवन निर्माण स्थलबाट निकालिएको माटो तथा अन्य सामग्री सुरक्षित विधि अपनाई सडक धुलाम्मै पारेर ढुवानी गरेको भन्दै सो कम्पनीलाई कार्वाही गर्ने चेतावनी दिएको काठमाडौं महानगरपालिका नगरप्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले बताएका छन् ।

सापकोटाका अनुसार सो कम्पनीले सिंहदबारको दक्षिणतर्फबाट भवन निर्माण स्थलबाट निस्किएको माटो लगायतका सामग्री माईतीघर, बवरमहल हुँदै ढुवानी गरेको छ । तर ढुवानी गर्दा सुरक्षित विधि नअपाई सडक धुलाम्मै पार्ने काम माग गरेको छैन सडक विगार्ने काम समेत गर्दै आईरहेको ।

निर्माण कम्पनीले ठूलो भवन निर्माण गर्दा सो क्षेत्रबाट निस्किने धुलोजन्य बस्तुहरु सुरक्षित विधिबाट ढुवानी गर्नका लागि समेत सरकारसँग बजेट लिएका हुन्छन् । सरकारी रकम लिएर जनतालाई असुरक्षित गराएकै कारण काठमाडौं महानगरपालिकाले पटक पटक पत्राचार गर्दा पनि समानान्तर कन्स्ट्रक्सनले अटेर गरेको छ ।

महानगरपालिकाको सूचनालाई पूर्ण रुपमा वेवास्ता गरेपछि महानगरले आफूमातहत प्रहरीको प्रयोग गरेर माईकिङ्ग गर्ने, भित्ते सूचना टाँस्ने, कार्यालयमा पत्रचार गने गरेको भएपनि राजनीतिक शक्तिका आडमा स्थानीय सरकारको नियम उल्लंघन गरेपछि समानान्तर कम्पनीलाई कार्वाही गर्ने तयारी गरिरहेको धनपति सापकोटाले बताए ।
(हेर्नुस सापकोटको भनाई भिडियो सहित)